चितवनः रवि लामिछानेका समर्थकहरुले प्रहरीको गाडी तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रदर्शन कारीहरुले ना १ झ १२७१ नम्वरको गाडी तोडफोड गरेका हुन । प्रदर्शनकारीले प्रहरी भ्यान तोडफोड गरेपछि केहीबेर झडप भएको छ। प्रहरी भ्यानको अगाडिको सिसा फुटाइएको प्रहरीले जनाएको छ।
झडपका क्रममा प्रहरीले ३ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले गुडिरहेको प्रहरी भ्यानलाई एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ। झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। अहिले अवस्था सामान्य भएको छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ।
लामिछानेका समर्थकहरुले आज दिउँसो मोटरसाईकल र्यालि, सिठ्ठि जुलुस र जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !