चितवनः पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । पत्रकार पुडासौनीको आत्महत्या पछि आत्महत्या दुरुत्साहन अभियोगमा विहिवार पक्राउ परेका उनीहरुलाई आज अनुसन्धानका लागि समय थप गरिएको हो ।
प्रतिवादीका रुपमा रहेका लामिछाने, कंडेल र कार्कीको तर्फबाट साधारण तारेखमा छाड्नका लागि भन्दै वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका थिए । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको समय थप्न माग गरे पनि अदालतले थप अनुसन्धानका लागि साउन ३० गते देखि लागु हुनेगरि पाँच दिनको समय थप गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लले जानकारी दिनु भयो ।


कानुनी प्रावधान अनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । म्याद थप भएपछि उनीहरुलाई प्रहरी हिरासतमा राखेर वयान गरिनेछ । नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी शालिकराम पुडासैनीको साउन २० गते राति नारायणगढ स्थित पोखरा बसपार्कको होटल कंगारुमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । आत्महत्या गर्ने पुडासैनीले तीन जनाको नाम लिंदै आफूलाई मर्न वाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो । प्रहरीको डिजिटल फरेन्सीक ल्याववाट आएको रिपोट र सार्वजनिक संञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा उनीहरुलाई पक्राउ गरी चितवन ल्याईएको थियो ।


माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो । बिहिबार राती चितवन ल्याइपु¥याइएका लामिछानेलाई बिहान ११ बजे जिल्ला अदालतमा हाजिर हुन भनिएको थियो । तर व्यापक सुरक्षाका साथ प्रहरीले कार्यालयको अर्को वाटो प्रयोग गरि १२ वजे मात्र जिल्ला अदालतमा हाँजीर गरएको थियो ।


बिहान ९ः३० बजेदेखि नै लामिछाने समर्थकहरुले उनलाई फसाउन खोजिएको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडी चर्को नारावाजी सुरु गरेपछि प्रहरीलाई भिडलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी रहेपछि उनीहरुलाई पछाडिको बाटो भएर सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
लामिछाने पक्राउ परेको सुचना पाए लगत्तै विहान देखिनै प्रहरी कार्यालयमा पुगेका उनका समर्थकहरुले रवि हामि तिम्रो साथमा छौ जस्ता लेखिएको प्लेकाड वोकेर प्रदर्शन गरिएको थियो । विहान देखिनै जिल्ला प्रहरी कार्यालय अगाडी आएको भिडले भरतपुरको चौविसकोठीमा प्रदर्शन सहित चक्काजाम गर्न लागे पछि प्रदर्शन कारिहरु मध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला अदालत, सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडी रहेका उनीहरुले लामिछानेलाई फसाउन खोजेको भन्दै रिहाईको माग गरेको थियो । समर्थकहरुको प्रदर्शनलाई प्रहरीले नियन्त्रर्णमा लिनका लागि केहि समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस !