
चितवनः दश वर्षे जनयुद्धमा हतियार उठाएर विद्रोही वनेका र विद्रोही पक्षवाट पिछित वनेका दुई युवा अहिले माडीमानै वसेर वाख्रा पालनमा तल्लिन छन् । राज्य पक्ष र विद्रोहि पक्षवाट पिडित वनेका ती दुई युवा यतिखेर माडी नगपालिका वडा नम्वर ६ स्याउली वासमा व्यवसायीक वाख्रा पालन सुरु गरेका हुन ।
२०५६ सालमा देशको आमुल परिवर्तन गर्ने ईच्छा शक्ति लिएर माओवादीको पूर्णकालिन कार्यक्रता वनेका नेत्र प्रसाद काफ्ले अहिले मुलुकमा आएको परिवर्तन संगै व्यवसायमा लाग्नु भएको हो । उहाँले वाँदरमुढे घटनाका पिडित चेतनारायण तिवारीलाई साथि वनाएर व्यवसायीक वाख्रा पालन सुरु गर्नु भएको हो ।
द्युवै जना द्धन्द्धवाट पिडित भएका कारण अव व्यवसाय गरेर जिवनस्तर उकास्नु पर्छ भनेर व्यवसाय सुरु गरेको काफ्लेले वताउनु भयो । द्धन्द्धकालमा लागेको गोलिका छर्रा वोकी रहनु भएका काफ्ले अहिले दलहरु विचको असमझदारी देखेर दिक्क लागे पछि जिविको पार्जनका लागि व्यवसाय सुरु गरेको जानकारी दिनु भयो ।
करिव चार विगाहा जग्गा भाडामा लिएर व्यवसाय सुरु गनु भएका काफ्ले र तिवारीले अहिले सो स्थानमा करिव १ सय १५ वटा विभिन्न जातकका वाख्राहरु पलन गर्दै आउनु भएको छ । उन्नतजातको वयर र स्थानीय जातहरु जमुनापारि र खरि वाख्रा पालन गरिएको छ । भाडामा लिईएको जग्गामा अहिले वाख्रका लागि थाईलेण्ड वाट ल्याईएको सुपर नेपियर नामक घास लगाईएको छ । जसमा वाख्रालाई आवश्यक पर्ने पौष्टिक तत्व वढि हुने काफ्लेले जानकारी दिनु भयो ।
काफ्लेका अनुसार करि रु ४५ लाखको लागतमा वाख्रा पालन व्यवसाय सुरु गरिएको हो । उन्नतजातका पाठापाठी उत्पादन गरि किसानको जिविको पार्जनमा सहयोग पुर्याउने उदेश्यका साथ यो व्यवसाय सुरु गरिएको तिवारीले वताउनु भयो । तिवारीका अनुसार सुभारम्भ एग्रोफमको नामवाट अहिले व्यवसायीक वाख्रा फम संञ्चालनमा रहेको छ ।
फर्मले संञ्चालनको पहिलो वर्षमानै नगरपालिका वाट उत्कृष्ट वाख्रा फर्मको रुपमा सम्मान समेत पाई सकेको छ । जहाँ अहिले दैनिक चार जनाले रोजगार पाईरहेका छन् भने अव विक्रि वितरणका लागि वाख्रा तयार भएका छन् । तिवारीले माडीको वाँदरमुढेमा भएको वम फिस्पोटमा भाउजु, श्रीमति र छोरा गुमाउनु भएको थियो । अहिले सोहि पिडा भूलाउनका लागि आँफुले वाख्रा पालन गर्दै आएको उहाँले वताउनु भयो ।
तिवारी र काफ्ले दुवैजनालाई अहिलेको विकास क्रममका र पार्टी नेतृत्वमा देखिएको अहमताले निकैनै चिन्तित समेत वनाएको छ ।