जवर्जस्ती करणी गर्ने एक पक्राउ

चितनवः जिल्ला प्रहरी कार्यालय चितवनले जवर्जस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर २४ का अर्जुन वोगटी रहेका छन् ।
वोगटीले गत असार २९ गते छिमेकीलाई जवर्जस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिनु भयो । वोगटीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ अन्तर्गत करणी सम्वन्धि कसुर अन्र्तगत जवर्जस्ती करणी मुद्धामा ६ दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनु भयो ।