चितवन:नारायणगढ मुग्लिन सडक खण्डको जलविरे वाट रेडवुल वोकेको ट्रक त्रिशुली नदिमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिव २ः३० वजे विरगञ्जवाट काठमाडौं रेडवुल लिएर जाँदै गरेको ना ५ ख ५४१३ नम्वरको ट्रक त्रिशुलीमा खसेको हो ।
ईच्छाकामना गाउँपालिका वडा नम्वर ६ जलविरेमा ट्रक अनियन्त्रीत भई सडक वाट करिव ७० मिटर तल झरेको थियो । सडकवाट तल झरेको ट्रकको खोजिकार्य जारीरहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउपालिका वडा नम्वर ५ का ३२ वर्षिय मुकेश चौधरी ट्रकवाट हाम फालेर वाँच्न सफल भएको प्रहरीले जनाएको छ ।