निशा दाहाल /चितवनः कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनालले दुग्ध उत्पादक कृषकहरुको माग १५ दिन भित्र पुरा हुने वताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कृषकका प्रति सरकार गम्भिर भएको वताउनु भएको छ । कृषकको माग सुनुवाईका लागि कार्यादल गठन गरि प्रकृया अघि वढाईएको वताउनु भयो ।
सरकारले कार्यदल गठन गरि १५ दिन भित्र माग सम्वोधन हुने गरि प्रतिवेदन तयार गर्न लागेको वताउनु भयो । उहाँले भन्नुभयो “दुधको मूल्य वृद्धि गर्ने विषयमा कुनै विमति छैन । कृषकले वास्तविक मुल्य पाउँछन् ।” हरेक दुई दुई वर्षमा दुधको मूल्यमा वृद्धि गर्ने सरकारको रणनीति भए पनि यस पटक लामो समय भएको उहाँको भनाई थियो । कृर्षकहरुलाई नआत्तिन आग्रह गर्दै उहाँले भन्नुभयो“सरकार र मन्त्रालय कृषककै पक्षमा छ ।”
दुधको मूल्य वृद्धिको माग गर्दै चितवनका दुग्ध उत्पादक कृषकहरु आन्दोलित वनेका थिए । उनीहरुले विहिवार मात्रै भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतिलिटर कम्तिमा १० रुपैंया वढाउन माग गरेका छन् । उनिहरुले दुग्ध उत्पादक सहकारीहरुलाई लगाईने करमा समेत छुट गर्न कृषकहरुले माग गरेका थिए ।
दुधको मूल्यमा वृद्धिको माग गर्दै पटक पटक आन्दोलन गरे पनि मूल्य वृद्धि नहुँदा नैरास्यता छाएको उनीहरुको गुनासो थियो ।
पत्रकारहरु संग कुराकानी गर्दै उहाँले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केहि गिरावट आउने वताउनु भयो । गतवर्ष अहिलेको समयमा ९२ प्रतिशत धान रोपाई भएकोमा अहिले ८० प्रतिशत मात्र रोपाई भएको उहाँले जानकारी दिनु भयो । अहिले आवश्यक वर्षा नहुनु, कतै डुवान र कटान हुनुको कारण धान उत्पादनमा कमि आउने वताउनु भयो ।
फरक प्रसंगमा वोल्दै मन्त्री खनालले सरकारले यस वर्ष देखि चक्लावन्दि खेती र युवा लक्षित खेति प्रणाली लागु गर्न लागेको वताउनु भयो । चक्लावन्दि खेतिले उत्पादनलाई वढाउने र आधुनिक प्रविधिको विकास गर्ने भन्दै उहाँले सरकारले मुख्य कामको रुपमा चक्लावन्दि खेति प्रणाली अघि सारेको उहाँको भनाई थियो ।
तराईमा एक सय विगाह र पहाडमा एक सय रोपनि जमिनमा खेति गर्ने युवाहरुलाई राज्यले विउ, मल, सिचाई, औजार लगाएतमा सहयोग गर्ने उहाँले वताउनु भयो । अहिले सरकारले दुध र खसि वोकामा आत्मनिर्भर वनाउने गरी सरकारले काम गरेको उहाँले जानकारी दिनु भयो ।