चितवनः नेपाल विद्यार्थी संघ सप्तगण्डकी वहुमुखी क्याम्पस भरतपुरले विभिन्न सात सुत्रिय मागहरु राख्दै क्याम्पस प्रशासनलाई ज्ञापन पत्र वुझाएको छ । नेविसंघ ईकाई सभापति राजेश भूषालले क्याम्पस प्रमुख मणीराज महतोलाई ज्ञापन पत्र वुझाएका हुन ।
मागहरुमा विविए, विसिय, विएमआई, एमए, एमविएस, एमएड सेमेस्टर अन्तर्गत शुल्क समायोजना गरि विद्यार्थीलाई आवश्यक छात्रवृत्ति प्रदान गर्नु पर्ने, छात्रवृत्तिको नतिजा वाािषर््क रुपमा पार्दशि तरीकाले निकाल्नु पर्ने, ई लाईवेरीमा देखिएका समस्या तत्काल समाधान गर्नुपर्ने, विद्यार्थीहरुलाई सहजताका लागि विहानी तथा दिवा समयमा यातायातको व्यवस्था गर्नु पर्ने मागहरु रहेका छन् ।
ईकाई सचिव साजन गुरुङ्का अनुसार क्याम्पस सभा गरि समावेशी रुपमा संञ्चालक समितिलाई पूर्णाता दिनु पर्ने, नेविसंघ र क्याम्पस प्रमुख विचमा भएको २७ वुद्धे सहमति कार्यान्वयन गरिनु पर्ने, कक्षा ११ र स्नातक प्रथम वर्षमा दिईदै आएको भर्ना तथा सेवा शुल्क पुनः प्रदान गर्नु पर्ने लगाएतका मागहरु रहेका छन् ।
आँफुहरुको माग पुरा नभए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने र सो वाट हुने क्षेती स्वमं क्यम्पस प्रशासनले लिनु पर्ने नेविसंघ द्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।