चितवन: दुई जना युवतीलाई जबर्रजस्ती वेश्यावृत्तीमा लगाएको आरोपमा होटल संञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनाका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्वर ३ न्यूरोडको सिर्जना गेष्ट हाउस संञ्चालक ३८ वर्षिय प्रेम वहादुर घर्ती रहेको छन् ।
घर्तीले होटलमा बास बस्न आएका दुई जना युवतीलाई प्रलोभन देखाई डर, त्रास र करकापमा पारी वेश्यावृत्तीमा लगाएको आरोपमा पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो ।
बागलुङबाट चितवन घुम्न आएका दुई जना युवतीलाई यही साउन ६ गते देखि सो होटलमा बास बसेका थिए । सोही दिन देखि होटल संचालक घर्तीले ग्राहक खोजेर उनीहरुलाई जबर्रजस्ती वेश्यावृत्तिमा लगाउँदै आएको कोईरालाले जानकारी दिनु भयो ।
पीडित युवतीहरुको किटानी जाहेरीको आधारमा होटल संचालक घर्तीलाई विहीबार होटलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका घर्तीलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ अन्तर्रगत मुद्दा दर्ता गरी चितवन अदालतबाट सात दिनको समय थप गरि अनुसन्धान सुरु गरिएको कोईरालाले जानकारी दिनु भयो ।