चितवनः आन्तरिक राजस्व कार्यालय भरतपुरले संकलन गरेको राजस्वको ८७ दशमलव ६७ प्रतिशत हिस्सा अन्तशुल्कको रहेको छ । कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार कार्यालयले संकलन गरेको रु ३० अर्व २ करोड ९० लाख ७ हजार मध्ये रु.२६ अर्व २ करोड ७४ लाख ९९ हजार रुपैंया अन्तशुल्कको रहेको छ ।

अन्तशुल्कमा पनि सवैभन्दा वढि वियर तथा मदिराको रहेको अर्यालले जानकारी दिनु भयो । अर्यालका अनुसार गत आर्थिक वर्षमा वियरवाट रु.१८ अर्व १० करोड, मदिरावाट रु.६ अर्व ४८ करोड, सुर्ती जन्य मदिरावाट १६ करोड ६८ लाख र कोक, सावन र रंग उद्योगहरुवाट रु १ अर्व २२ करोड संकलन भएको छ ।
त्यसैगरी आयकर रु २ अर्व २१ करोड ३४ लाख ९५ हजार,मूल्य अभिवृद्धि कर तर्फ रु १ अर्व ५७ करोड ८६ लाख ३१ हजार, व्याज कर तर्फ रु.१० करोड ३९ लाख ३ हजार , वहालकर तर्फ रु ५ करोड ९३ लाख ४९ हजार राजस्व संकलन भएको छ । यस्तै स्वास्थ्य सेवा कर तर्फ रु ३ करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क रु १ करोड २७ लाख ११ हजार राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यालयलाई विभागले तोकेको लक्ष्य पुरा गर्न सफल भएको उहाँले जानकारी दिनु भयो । उहाँका अनुसार विभागले कार्यालयलाई रु.३० अर्व १ करोड ३६ लाख ५३ हजार राजस्व संकलनको लक्ष्य तोकेको थियो । उहाँका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तीका लागि जनचेतनामुलक कार्यक्रम संञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमहरुलाई गाउँ गाउँमा पुर्याउने, करको दायरामा नआएका करदाताहरुलाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटक पटक ताकेतागर्ने लगाएतका कामहरु गरिएको थियो ।
कार्यालयका प्रमुख शुवप्रसाद रिजालले उद्योगी, व्यवसायी, करदाता, उद्योग वाणीज्य संघ, उद्योग संघ, कर्मचारीहरु लगाएतको सामुहीक प्रयासका कारण लक्ष्य अनुसार कर संकलन गर्न सकीएको वताउनु भयो । मन्त्रालय र विभागवाट भएको सकारात्मक सहयोगले पनि कर्मचारीहरुमा थपिएको उर्जाले लक्ष्यमा पुग्न सकीएको उहाँको भनाई छ ।
कार्य प्रगति राम्रो भएको भन्दै विभिन्न समयमा विभागवाट सम्मानीत हुँदै आएको यस कार्यालयले अघिल्लो आर्थिक वर्षमा रु.२१ अर्व ८१ करोड ३५ लाख ९८ हजार राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षका लागि विभागले विचमा आएर लक्ष्यमा परिवर्तन गरे संगै लक्ष्य पुरार्नन कठिन भए पनि लक्ष्य भन्दा केहि मात्रामा प्रगति भएको अर्यालले वताउनु भयो ।
कार्यालयमा हाल आयकर तर्फ ५३ हजार ५ सय ३३, मुल्य अभिवृद्धि कर तर्फ ८ हजार ४ सय ५९, अन्तशुल्क तर्फ ५ हजार १ सय ३ र व्यक्तिगत स्थायी लेखा नम्वर लिने ४३ हजार ४ सय ८३ करदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !