चितवन: जिल्ला प्रहरी कार्यालय चितवनले ४३ किलो लागु औषध चरेस सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी घर भई पूर्वि चितवनको रत्ननगर नगरपालिका वडा नम्वर २ वस्ने ७० वर्षिया नुर्जाहा खातुन रहेकी छन् ।
छोरीको घरमा वस्दै आएकी खातुनले चरेसको कारोवार गर्ने सुचनाको आधारमा उनलाई सोमवार राति १०ः२० वजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो । पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालयल रत्ननगरमा राखि थप अनुसन्धान थालिएको छ ।
यसै गरी प्रहरीले अवैध यौनजन्य क्रियाकलाप सम्लङ्न ९७ जनालाई पक्राउ गरेको छ । कार्यालयका अनुसार यौनजन्य क्रियाकलाप तथा सामाजिक विकृती रोक्ने क्रममा भरतपुर र आसपासका होटल तथा रेष्टुरेण्टहरुमा छापा मारी उनीहरुलाई पक्राउ गरीएको हो ।
प्रहरीले संञ्चालन गरेको क्लिन चितवन अभियान अन्तरगत प्रहरीले सोमबार जिल्लाका नगर तथा ग्रामीण भेगमा रहेका होटल, लज, रेष्टुरेण्ट, कटेजहरुमा छापा मारी शंकास्पद अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा पक्राउ पर्नेमा ४२ जना पुरुष, ४३ जना महिला र १२ जना होटल संचालक रहेको कोइरालाले जानकारी दिनुभयो ।