चितवनः विषादीयुक्त तरकारी र फलफूल विना परिक्षण भारतवाट ल्याईएको भन्दै नेपाल विद्यार्थी संघ विरोध जनाएको छ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालयको संयोजनमा गरिएको विरोध प्रदर्शनमा विषाक्त तरकारी तथा फलफुल प्रदर्शन गरिनुका साथै प्रधानमन्त्री लाई पठाएका छन् ।
भरतपुरको चौविसकोठी देखि जिल्ला प्रशासन कार्यालय सम्म विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले परिक्षण विना तरकारी तथा फलफुल ल्याएको विरोधमा सरकार विरोधि नारा समेत लगाएका थिए । नेपालमा नाकावन्दी भए पनि आँफै उत्पादन गर्न सकीन्छ भन्दै उनीहरुले तत्काल नेपालमा परिक्षणको व्यवस्था गर्नु पर्ने माग समेत गरेका थिए ।
विषाक्त तरकारी तथा फलफुलका कारण गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वस्थ खान पाउनु नागरिकको मौलिक हकसमेत भएकाले जाँच्ने मेसिनको अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने भन्दै सरकारको पछिल्लो निर्णयको खारेजिको समेत माग गरिएको छ ।
प्रदर्शन पछि जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री कार्यालयलाई लौका, काउली, गोलभेडा, काँक्रो, फर्सि लगाएतका तारकारी तथा फलफुल पठाएका थिए । विद्यार्थीहरुको ज्ञापन पत्र वुझ्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले यो निर्णय सरकारी तवरवाट भएकाले आँफुले केहि गर्न नसक्ने तर विद्यार्थीको आवाजलाई सम्वन्धित निकायमा पठाउने काम गर्ने वताउनु भयो ।
जिल्लामा आउने तरकारी तथा फलफुको हकमा जिल्लामा परिक्षणको व्यवस्था नभएकाले केहि गर्न नसकीने उहाँले वताउनु भयो ।
मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन नमिल्ने भन्दै विद्यार्थीहरुले सरकारको निर्णय सच्चयाउनका लागि समेत आग्रह गरेका छन् ।
ज्ञापन पत्र वुझाउँदै कृषि तथा वन विज्ञान विश्वविद्यालय नेविसंघ ईकाईका अध्यक्ष संयम पण्डीतले आँफुहरुको जायज मागको सुनुवाई नभए सडकमा तरकारी पोख्ने लगाएतका चरणवद्ध आन्दोलन गर्ने वताउनु भयो । कार्यक्रममा विद्यार्थी नेताहरु परमेश्वर खनाल, कल्पना पौडेल, सरोज रेग्मी, निरज अग्रवा, कृष्ण वगाले, राजेश भूषाल, राजेश पौडेल, कृष्ण सापकोटा, प्रनिशा गुरुङ्, ईन्द्रजित गोहित, सुवर्ण खरेल, विसव कुमार, कृष्ण प्रसाद पौडेल, लगाएतको सहभागिता रहेको विद्यार्थी नेता साजन गुरुङ्ले जानकारी दिनु भयो ।