चितनवः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेतृत्वको विकल्प खोज्नु पर्ने वताउनु भएको छ । अहिलेको ननेतृत्ववाट कााग्रेसलाई वलियो वनाउन नसकीने भन्दै उहाँले विकल्प खोज्नु पर्ने वताउनु भएको हो ।
नेपाल शिक्षक संघ प्रदेश नम्वर तीनको प्रथम प्रदेश प्रतिनिधि सभाको आज रत्ननगरमा उद्घाटन गर्दै उहाँले पार्टीलाई जिवन्त वनाउन अहिलेको नेतृत्वको विकल्प खोज्नु पर्ने वताउनु भएको हो । पार्टी संञ्चालनका लागि समेत नेतृत्वले प्रभावकारी क्षमता देखाउन नसकेको उहाँको भनाई थियो ।
पौडेलले अहिले आम नागरिकले सरकारको नेतृत्वको र काँग्रेसले पार्टीको नेतृत्वको बिकल्प खोजेको वताउनु भयो । पार्टी भित्र समयमानै निर्वाचन गरि पार्टीलाई जिवन्त वनाउन नेतृत्वको खोजि गर्नु पर्ने समय आएको पौडेलको भनाई थियो । पार्टीका कार्यकर्ताहरुमा नैरास्यता छाएको भन्दै उहाँले समयमानै महाधिवेशन गरेर नेतृत्व परिवर्तनको आबश्यकता भएको प्रष्ट्याउनु भयो ।
पार्टीलाई जिवन्त राख्न आँफु सधै तयार रहेको पौडेलको भनाई थियो । पार्टी सभापति देउवाले गुट चलाएको आरोप लगाउँदै उहाँले आँफुहरुलाई पेलेपछि वाध्य भएर माग राख्नु परेको तर आँफुहरुले गुट नचलाएको वताउनु भयो । नेपालमा सम्वृद्धि काँग्रेसलेनै दिन सक्ने भएकाले आम जनताको चाहना काँग्रेसको नेतृत्व देख्ने रहेको पौडेलको भनाई थियो । अहिलेको सरकार प्रति जनताको वितृष्णा वढेको उहाँको दावि छ ।
कार्यक्रममा उहाँले शैक्षिक पाठ्यक्रममा सुधारको आबश्यकता रहेको धारणा राख्नुभयो । देश वनाउने जिम्मेवारी शिक्षा क्षेत्रवाट सुरु हुने भन्दै अहिलेको पाठ्यक्रममा सुधारको आवश्यकता छ भन्नुभयो । यसका लागि शिक्षकहरु मेहनती वन्नु आबश्यक रहेको उहाँको भनाई थियो ।
देश परिवर्तनको वाटो शिक्षा क्षेत्रको रहेको भन्दै उहाँले शैक्षिक मुद्धाहरुमा सवै एक भएर हिड्नु पर्ने वताउनु भयो । शिक्षकका मुद्धाहरुलाई काँग्रेसले साथ दिने पौडेलले विश्वास दिलाउनु भयो ।
कार्यक्रममा प्रदेश नम्वर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल, नेपाली काँग्रेसका केन्द्रिय सदस्य वद्रि पाण्डे, शिव हुमागाई, संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेल, महासचिव सोमनाथ गिरि, संस्थापक अध्यक्ष देवेन्द्र प्रसाद उपाध्याय, पूर्व अध्यक्ष मोहन ज्ञवाली, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।
शनिवार सम्म चल्ने सभामा संघको प्रदेश नम्वर तीनका १३ जिल्लाका जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश तथा संघिय प्रतिनिधि, पूर्व तथा निवर्तमान अध्यक्ष तथा जिल्लाका स्थानीय तहमा प्रतिनिधिहरुको सहभागिता रहेको संघका जिल्ला अध्यक्ष डा. हरि कडेंलले जानकारी दिनु भयो ।