चितवनः भरतपुर महानगरको विवाद मिले संगै असार १२ गते देखि अवरुद्ध भरतपुर महानगरको नगर परिषदको वन्द सत्र आज देखि सुरु भएको छ । पुराना सहमतिहरुलाई यथावत राख्दै विकास निर्माणमा प्रमुख र उपप्रमुख दुवैको सल्लाहाले काम गर्ने गरि सहमति भएको हो ।
प्रदेश सभा सदस्य मिलनवावु श्रेष्ठको नेतृत्वमा विवादको समाधान गरिएको हो । महानगरमा गठन हुने समितिहरुमा दुवै जनाको सहमतिमा मात्रै जिम्मेवारी तोकीने सहमति भएको श्रेष्ठले जानकारी दिनु भयो ।
विकास निर्माणमा लाग्ने समयमा विवाद गर्न नहुने भन्दै उहाँले मध्यस्थ कर्ताको भूमिका निर्वाह गर्नु भएको हो । असार १० गते नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाट गर्नु भएको नगरसभा प्रमुखले मनोमानी तरीकाले गर्न खोजेको भन्दै उपप्रमुखले विरोध जनाए संगै संञ्चालन हुन सकेको थिएन ।
महानगर प्रमुख र उपप्रमुखको विवाद लामो समय देखि चल्दै आएको विवाद हो । यस अघि पनि नेपाली काँग्रेसको अग्रसरतामा विवाद समाधान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !