चितवनः नारायणगढ–मुग्लिन सडक खण्डमा मोटरसाईकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा प्रहरी हवल्दा राजेन्द्र प्रसाद चौधरी रहेका छन् ।
मोरंङ हरैचाका ३५ वर्षिय चौधरी तीन नम्वर प्रदेश ट्राफिक कार्यालय रामनगरमा प्रहरी हवलदारको दरवन्दिमा कार्यारत हुनुहुन्थ्यषे । चौधरी कार्यक्षेत्रवाट फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो । घाईते हुनेमा सिन्धुली वुलन्जुका ३५ वर्षिय मुरारी प्रसाद वराल रहेका छन् ।वराल पनि सोहि कार्यालयमा हवलदार दरवन्दिमा कार्यरत रहेको उहाम्ले जानकारी दिनु भयो ।
घाईते वरालको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । वरालको अवस्था गम्भिर रहेको छ । मोटरसाईकललाई ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
नारायणगढवाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख २६५९ नम्वरको ट्रक र विपरित दिशावाट आईरहेको वा ८० प ८६५७ नम्वरको मोटरसाईकल भरतपुर महानगरपालिका वडा नम्वर २९ खहरे पुलमा आईतवार राति एक आपसमा ठक्कर खाएको हो । ठक्कर खाँदा मोटरसाईकल चाक चौधरीको घटनास्थलमानै मृत्यु भएको हो ।