
चितवनः जिल्लामा वाल योन दुराचारको घटनाहरु वाहिर आउने क्रम वढेको छ । अघिल्लो आर्थिक वर्षमा यस विषयमा एउटा पनि उजुरी परेको थिएन । तर चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय चितवनमा ९ वटा उजुरी परेको छ ।
जस मध्ये ७ वटा फच्यौट भईसकेको छ भने दुई वटा चालु अवस्थामा रहेको छ । जिल्लामा आम जनमानसमा सामाजिक चेतनना वढ्दै गएका कारण वाल योन दुराचारका उजुरीहरु आउन लागेकोका कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनु भयो । उहाँका अनुसार वढ्दो सामाजिक संञ्जालको प्रयोग, सचेतना र प्रहरी संगको सहज पहुचका कारण वालयोन दुराचारका घटना वाहिर आएका हुन ।
अहिले वालयोन दुराचारका घटना वाहिर आईरहँदा आफन्त वा संरक्षक वाट हुने गरेको खुल्न थालेको उहाँले वताउनु भयो । बाबु विदेश भएको वा आमा विदेश भएको , वुवा आमा दुवै विदेश भएर कसैको संरक्षणमा भएका र बसबाआमा दुवै नभएका वालवालीका यौन दुराचारको सिकार वनेको उहाँको वुझाई छ ।
भरतपुर महानगरपालिकाका महिला विकास अधिकृत सुशीला वाग्ले घर परिवारकै सदस्यहरुवाट वालयोन दुराचार हुने गरेको वताउनु हुन्छ । परिवारका सदस्यहरुको संलङ्नताका कारण यस्ता घटना स्थानीय स्तरमानै ढाकछोप गरिएका कारण वाहिर आउन नसकेको भए पनि अहिले चेतनाका कारण वाहिर आएको उहाँको बुझाई छ ।
वालयोन दुराचारी ठहर भए उमेर अनुसारको कारवाहि हुने भन्दै कोईरालाले जवस्ती करणी वा उद्योग अन्तर्गत मुद्धा चल्ने जानकारी दिनु भयो ।