चितवनः नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्वर ४ का पूर्व सभापति ३९ वर्षिय तिलचन्द्र अधिकारी दुर्घटनामा परि निधन भएको छ । सोमवार राती नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर २ ईलाका प्रहरी कार्यालय अगाडी भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार नारायणगढ तर्फ आउँदै ना ७ ख ७७१ नम्वरको ट्रकले विपरितदिशा तर्फ जाँदै गरेको ना २७ प ५३६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ घाईते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो । मोटरसाईकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !