चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताको दस्ताभेजवाट पछि हटे दुभाग्य हुने वताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको प्रथम वैठक तथा सपथ ग्रहण कार्यक्रम लाई आज यहाँ सम्वोधन गर्दै उहाँले सहमति र एकताको आधारवाट विचल्लित नभई अघि वढ्नु आवश्यक रहेको वताउनु भयो ।
अहिले पार्टी एकतामा चित्त नवुझ्ने प्रतिकृया वादी र अवसर वादीहरु सलवलाई राखेको वताउँदै उहाँले यो समयमा विचल्लीत हुनु दुर्भाग्य भएको उहाँको भनाई थियो । पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको वताउँदै ण्हाँले नेपाली जनताको चाहना र कम्युनिष्ट आन्दोलनको उपलव्धिका रुपमा पार्टी एकता भएको वताउनु भयो ।
निर्वानको समयमा भएको तालमेललाई एकतामा ढाल्नका लागि केहि समय लागेको भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सकीएको उहाँको भनाई थियो । कम्युनिष्ट एकता प्रति जनताको अभिमत जाँच्ने व्यारो मिटरका रुपमा निर्वाचनलाई लिईएको उहाँले वताउनु भयो । पार्टी एकतालाई धमिल्याउनका लागि प्रतिकृयावादी शक्ति र अवसर वादी शक्तिहरु अहिले पनि सलवलाई राखेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “गठवन्धन, पार्टी एकता र अहिले पनि एकता भाँडीयोस भन्ने उदेश्यका साथ प्रतिकृया वादी र अवसर वादी शक्तिहरु लागि परेका छन् ।” जनताको नैतिक दवावका साथ खवरदारीले पार्टी एकता सम्भव भएको उहाँको ठम्याई रहेको छ । उहाँले भन्नुभयो “पार्टी एकता असाधरण काम थियो तर जनताको दवावले सम्भव भयो ।” चितवन मध्ये भागमा रहेको भएकाले राजनैतिक रुपमा चितवनले खेल्ने भूमिका महत्वपूर्ण रहने उहाँको भनाई रहेको छ । एकताको पक्षमा कार्यकर्ता परिचान गर्न आबश्यक रहेको उहाँले वताउनु भयो ।
अहिले पार्टी एकता टुङ्गाउने तर्फ दुवै अध्यक्ष लागि रहेको वताउँदै उहाँले कार्यकर्तालाई विचल्लीत नभई लाग्न आग्रह गर्नु भयो । अव एकताको प्रकृया टुङ्गाउनका लागि केन्द्रीय संरचना, विशेष कमिटि, आयोग, विभाग र कार्य विभाजनको काम मात्रै वाँकी रहेको उहाँको भनाई छ । पार्टी एकताको अन्तिम चरणमा आई पुग्दा पार्टी एकताको दस्ताभेज वाट जो कोही पछि हटे पनि यसले दुभाग्य हुने उहाँले वताउनु भयो ।
सहमति र एकताको आधारवाट विचल्लित नभई सवै एक भएर अघि वढ्नुको विकल्प नभएको दाहालले वताउनु भयो । पार्टी एकतावाट विचल्लीत हुन खोज्दा खण्डन र आलोचनाले पार्टीलाई सच्चिन मद्धत पुग्ने उहाँको भनाई थियो । अहिले पार्टीले जिम्मेवारी नदिएको भनेर वस्ने समय नभएको भन्दै उहाँले सवै संग्ठन निर्माणमा लाग्नु आवश्यक छ भन्नुभयो ।
पार्टी एकताको कुरा २०६४ सालको निर्वाचनको समयमा चलेको भए पनि तत्कालीन नेकपा एमाले र माओवादीको मनोगत वादका कारण सम्भव नभए पनि अहिले सम्भव हुनु सकारात्मक भएको उहाँको भनाई छ । निशेधको प्रकृयावाट पार्टी एकता सम्भव भएको उहाँले वताउनु भयो ।
यसै विच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनले पुर्णता पाएको छ । पार्टीको चितवनमा १ सय ५५ जना जिल्ला सदस्यले एकै साथ सपथ ग्रहण गर्दै पुणता दिईएको हो । सपथ ग्रहण कार्यक्रममा नेकपा नेता अमिक शेरचन, नेकपा तीन नम्वर प्रदेश ईन्चार्ज अष्टलक्ष्मि शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, नेता सुरेन्द्र पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !