चितवनः प्रथम राष्ट्रिय पुरुष विच कवड्डी प्रतीयोगिताको उपाधि सशस्त्र प्रहरी वलले उचालेको छ । प्रतियोगिताको फाईनल खेलनै नखेलाई सशस्त्रलाई उपाधि प्रदान गरिएको हो ।
अखिल नेपाल कबड्डी संघले नारायणगढको नारायणी नदी किनारमा आयोजना गरेको प्रतियोगितामा गोला प्रथाद्वारा सशस्त्र प्रहरी बल पहिलो भएको हो । प्रतियोगिताको सेमीफाईनलको खेल सकिएपछि निरन्तर वर्षात हुँदा गोला प्रथाबाट विजेता, उपविजेता र तेस्रो समूहको टुङ्गो लगाइएको संघकी अध्यक्ष तुलसी थापा गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको अन्तीम खेलमा दिनभरी पानी परेपछि साँझ गोलाप्रथाद्वारा विजेता छनौट गरिएको हो । कवड्डी प्रतियोगिताको फाईनल खेलनै नखेलाई गोला प्रथावाट विजेता घोषणा गर्नु खेल जगतका लागि नकारातमक कुरा भए पनि वर्षाका कारण प्रतियोगिता गराउन असहज भएको आयोजकले जनाएको छ ।
उपाधि सँगै सशस्त्र प्रहरी बलको कबड्डी समूहले एक लाख ५० हजार रुपैयाँ पुरस्कार जितेको छ । प्रतियोगितामा दोस्रो हुँदै प्रदेश नम्बर ५ ले एक लाख रुपैयाँ तथा प्रतियोगिताको तेस्रो भएका प्रदेश नम्बर ३ र २ ले ५०र५० हजार रुपैयाँ जितेका चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिए । प्रतियोगितामा कर्णालीबाहेकका ६ वटा प्रदेश तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरि आठ वटा कबड्डी समूहले भाग लिएका थिए । प्रतियोगिता लिग चरणमा खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस !