
चितवनः नारायणगढ मुग्लीन सडक खण्ड अन्तरगत भरतपुर महानगरपालिका वडा नम्वर २९ भतेरीमा दुई वटा वस एक आपसमा ठक्कर खाँदा २० जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार काठमाडौं वाट गुलरीया तर्फ जान आउँदै गरेको ना ७ ख ९०७ नम्वरको वस र महोत्तरी वाट काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ३०९९ नम्वरको वस आज विहान १ः४५ वजे ठक्कर खाएका हुन ।
दुर्घटनामा परि घाईते भएका २० जना मध्ये चार जनाको भरतपुर अस्पतालमा र अन्य १६ जनाको पुरानो मेडीकल कलेजमा उपचार भई रहेको छ । घाईते मध्ये १३ जना मध्यम र अन्य सामान्य रहेको प्रहरीले जनाएको । ठक्कर खाएका दुवै वस प्रहरीको नियन्त्रणमा रहेका छन् ।