चितनवः नेपाल पत्रकार महासंघ चितवन शाखाले केन्द्रको परिपत्र अनुसार मिडिया काउन्सिल विधयेकविरुद्ध संकलन गरिएको हस्ताक्षर आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवन मार्फत प्रधानमन्त्री ओलीलाई संकलित हस्ताक्षर बुझाईएको पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले वुझाउनु भएको हो । संकलित हस्ताक्षर बुझ्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले हस्ताक्षर प्रधानमन्त्री ओलीसमक्ष पठाउने प्रतिवद्धता ब्यक्त गर्नु भयो । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक छलफलका क्रममा रहेको र आँफले यहि गर्नु पर्छ भनेर भन्न नमिल्ने भन्दै उहाँले वताउनु भयो ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलन अन्तर्गत मंगलबारदेखि देशव्यापी प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको थियो । विधेयकमा भएका प्रेस स्वतन्त्रताविरुद्धका प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले दुई चरणमा आन्दोलन गरेपनि सरकारले आन्दोलनलाई उपेक्षा गरेपछि तेस्रो चरणको आन्दोलन घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !