
चितवनः नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीलाई अन्तरघात गर्नेहरुलाई दुई वर्षको अन्तराल पछि कारवाही गरेको छ । स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई पराजित गारउने उद्धेश्यका साथ लागेका काँग्रेसका कृयाशिल सदस्यहरुलाई कारवाही गरेको छ ।
यसै क्रममा काँग्रेस चितवनका १३ जना सदस्यहरुलाई कारवाहि गरिएको छ । नेपाली काग्रेसको केन्द्रीय अनुशासन समितिले २०७४ सालको स्थानिय, प्रदेश र संधिय निर्वाचनमा बागी उमेरद्धार दिने , उनीहरुको सर्मथक र प्रस्तावक बस्ने , अन्य पार्टीबाट उमेरद्धारी दिनेहलाई कारवाहि गरेको हो । उनीहरुलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको हो ।
नेपाली काग्रेस चितवन जिल्लाको अभिलेखबाट ती १३ जनाको नाम हटाउने गरि केन्द्रीय अनुशासन समितिको बैठकले कारवाही गरेको गरेको हो ।
कारवाहीमा परेका मध्य चितवनका रत्ननगर नगरपालिकाको उपप्रमुखका वागी उमेरद्धार लक्ष्मीकुमारी चौधरी , रत्ननगर नपा वडा नं. १९, वडा अध्यक्षका वागी वन्धुराम महतो र उनका समर्थक कृष्ण महतो र प्रस्तावक भुवन महतो, कालिका नपा वडा नं. १, वडा अध्यक्षका वागी प्रेमकुमार श्रेष्ठ भरतपुर वडा नं. १८, वडा सदस्यका वागी पूर्णबहादुर गुरुङ्ग , भरतपुर वडा न. १९, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार दिएका प्रजापति सापकोटा, भरतपुर वडा नं. २५, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार दिएका छविलाल सापकोटा , भरतपुर वडा नं. १४, वडा अध्यक्षमा राप्रपा नेपालबाट उम्मेदवार रामबहादुर नेपाली , भरतपुर वडा नं. १४, वडा सदस्यका वागी खेमराज पौडेल , भरतपुर वडा नं. १४, वडा अध्यक्षका वागी राजराम घिमिरे रहनु भएका छ ।
यस्तै भरतपुर वडा नं. ३, महिला सदस्यमा राप्रपा नेपालबाट उम्मेदवार अवनी मैनाली , रत्ननगर २ बाट वागी अनिल भट्ट , चितवन क्षेत्र नंं ३ प्रतिनिधिसभामा वागी प्रवेश किरण अधिकारी र माडी वडा नं. ५, वडा अध्यक्षमा वागी टिकाराम भट्टराई रहनु भएको छ ।
नेपाली काग्रेस अनुशसन समितिका संयोजक भिष्मराज आङदेक्वेद्धारा जारी विज्ञेप्तिमा नेपाली काग्रेसको विधान २०१७ धारा ३४ को उपधारा ४ (क) बमोजिम कारवाही गरिएको उल्लेख गरिएको छ ।
काँग्रेसले आफ्नो जागरण अभियानका क्रममा निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने प्रकृया सुरु गरेको हो । पार्टीलाई सिद्धान्तका आधारमा चलाउनका लागि अन्तरघात गर्नेहरुलाई कारवाही गर्न वाध्य भईएको विज्ञप्तीमा उल्लेख छ ।