चितवनः पूर्व अर्थमन्त्री डा.रामशरण महतले कृतिम रुपमा वजेटको आकार ठूलो पारीएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले ऋण लिएर वजेटको आकार वढाईएको वताउनु भयो ।
एक तिहाई हिस्सा ऋणको आधारमा रकम जम्मा गर्नेगरि ल्याईएको वजेटले देशमा वित्तिय संकट ल्याउने उहाँको भनाई थियो । महतले भन्नुभयो “ जिडिपिको करिव १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तिय संकट ल्याउँछ । महंगी वढाउँछ ।” आन्तरिक र वाह्य गरि ईतिहासकै ठूलो ऋण लिएको उहाँको भनाई थियो ।
वर्तमान सरकार प्रति सर्वसाधारण र वौधिक वर्ग निरास भए संगै काँग्रेस प्रतिको लहर वढेर गएको उहाँले वताउनु भयो । काँग्रेस भित्रको गुट अन्त्यगरि पार्टीलाई संगठित वनाएर लैजानु पर्ने उहाँको भनाई थियो । सरकारले ल्याएका विधेयकहरु अधिनायकवाद तर्फ केन्द्रित हुने गरि आएको भन्दै पारित गर्न काँग्रेसले नदिने दावि गर्नु भयो ।
मानवअधिकार, संक्रमणकालीन न्याय लगाएतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण भएको उहाँको भनाई थियो ।