बेल यस्तो वृक्ष हो जसको जरा, पात, फल स्वास्थ्य र सौन्दर्य प्रशाधनको लागि प्रयोग गरिन्छ । आयुर्वेदमा यसको प्रयोक निकै भएको पाईन्छ । रुखबाट टिपेको धेरै दिनसम्म पनि बेलको फललाई प्रयोग गर्न सकिन्छ । आज हामी बेलको जुसबाट हुने फाइदाको बारेमा जानकारी दिँदै छौँ ।

१. मुटुलाई स्वस्थ राख्दछ ।
बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।
२. कब्जियतको समस्या समाधान गर्दछ ।

नियमित रुपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।
३. कोलस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न मद्धत गर्दछ ।
४. पखाला नियन्त्रणमा लाभदायक हुन्छ ।
बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।

५.शरीरलाई भित्रै देखि चिसो राख्दछ ।
बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।
६. सुत्केरी महिलाको लागि लाभदायक मानिन्छ ।
सुत्केरी अवस्थामा बेलको जुस पिउने गर्नाले दूध उत्पादनमा सहायकसिद्ध हुन्छ ।

७. क्यान्सरबाट बचाउँछ ।
नियमित रुपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।
८. रगतलाई सफा गर्दछ ।
बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

प्रतिक्रिया दिनुहोस !