चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ८ सल्यानी टोलका मानबहादुर बिक शनिवार निकै हतारमा देखिनुहुन्थ्यो । कुरा हो आज साँझ करिब ६ वजे तिरको । उहाँ कुनै महत्वपूर्ण काममा जना लागे जस्तो हतारमा देखिनु भएको थियो । घरका सबै जना निकै हतारमा केहि महत्वपूर्ण काम गर्न लागेको जस्तो महशुश गर्दै थिए ।
सबै दलित वस्ति रहेको सो टोलमा रहेका अन्य घरमा भने त्यस्तो हतार गरेको देखिदैनथ्यो । आसपासका छिमेकीहरु हिजो जस्तो आज मान वहादु लाई नदेखे पछि अचम्म मान्दै उनको व्यावहारलाई निहालेर हेर्दै थिए । उनको मुहारमा केहि अफ्ठ्यारो महशुश भएको र केहि खुशि भएको महशुश गरेको चेहेरा देख्न सकीन्थ्यो ।
साँझको करिब ७ वजेको थियो । उनकै घरलाई केन्द्रित गर्दै चार पाँचवटा गाडी आईरहेको देख्न सकीन्थ्यो । प्रहरीको सुरक्षा सहित कोहि महत्वपूर्ण व्यक्ति त्यस क्षेत्रमा आईरहेको महशुश भईरहेको थियो । तर ती गाडीहरु उनको घर अगाडी आएर रोकीन पुग्छन् । अगाडीको गाडीबाट नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ निस्किए संगै त्यहाँ रहेका जनताले काँग्रेसका नेताहरु आएका रहेछन् भन्ने महशुश गरे । तर सरकारमा नरहेको पार्टीका लागि प्रहरी सुबिधा उनिहरु अझै दोधारमा देखिन्थे ।
ती गाडीहरु मध्येबाट वा १५ च २३९३ नम्बरको गाडी वाट सुरक्षा कर्मी सहित नेपाली काँग्रेसका महामन्त्री एबं पूर्ब गृहमन्त्री पूर्ण वहादुर खड्का झर्दै हुनुहुन्थ्यो । त्यस पछि उनिहरुले मानवहादुर आत्तिको कुरा वुझेछन् । काँग्रेसका ठूला मान्छे आउने भए पनि उनि हतारमा रहेका रहेछन् । साँझ पाख घरमा आएका पाहुनालाई स्वागत गर्नका लागि उहाँ हतारमा देखिएका रहेछन् ।


काँग्रेसले सुरु गरेको पहिलो चरणको जागरण अभियान अन्तर्गत चितवनको समापन समारोहमा भाग लिन आउनु भएका महामन्त्री खड्का विकको घरमानै वस्ने निधो गरेर आउनु भएको रहेछ । खड्का त्यहा आई पुगे संगै काँग्रेसका नेता तथा कार्यक्रताहरुको बाक्लो उपस्थिती रहेको थियो । यो वसाईको व्यवस्था जिल्ला सभापतीको आग्रहमा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दामोदर न्यौपानेले गर्नु भएको रहेछ ।
काँग्रेसका महामन्त्री आफ्नो घरमा आएर वस्ने त्यहि माथि उच्च जातको व्याक्ति भएकाले विकलाई केहि अफ्ठ्यारो महशुश भई रहेको रहेछ । महामन्त्रीलाई स्वागत गर्दै बिकले आफ्नो धारणा राख्ने क्रममा समाजमा हुने उच निच जातका कारण दलित समुदाय अहिले पनि पछि परेको वताउनु भयो । मुलुकमा लोतान्त्रीक गणतन्त्रको व्यवस्था आई सक्दा र जनताको मतले निर्वाचित राष्ट्राध्यक्ष हुँदा पनि समाजमा परिवर्तन आउन नसकेको उहाँले गुनासो गर्नु भयो । मुलुकमा आएको परिवर्तन संगै आँफुहरुको अधिकार दिईएको भए पनि त्यो पानामा मात्रै सिमित रहेको उहाँले बताउनु भयो ।
उहाँको स्वागत पछि नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आँफुहरु त्यहाँ आउनुको कारण वारे जानकारी गराउनु भयो । महामन्त्री खड्काको स्वभाब नै जिल्ला जाँदा कार्यकर्ताको घर त्यसमा पनि सके सम्म दलित समुदाय र नभए आदिवासीकोमा वस्ने गर्नु हुँदो रहेछ । वि. सं. २०३६ साल देखि उहाँले यो अभियान चलाउनु भएको रहेछ । काँग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोईरालाले चलाएको सह भोज अभियानको अनुसरण गर्दै उहाँले कार्यकर्ताको घर त्यसमा पनि जनजातीकोमा बस्ने गर्नु भएको रहेछ । यसले गर्दा कार्यकर्ताको मनोव वढ्ने र समाजमा रहेको कुरीति अन्तय गर्न मद्धत पुग्ने उहाँले बताउनु भयो ।


महामन्त्री खड्काले भन्नुभयो “समाज परिवर्तन नेतृत्वबाटै हुनु आबश्यक रहेको छ । त्यसका लागि मैले २०३६ सालदेखि यो अभियान सुरु गरेको हुँ ।” हामीले हाम्रा अग्रजले संञ्चालन गरेका कार्यक्रमहरुलाई निरन्तरता दिन नसक्दा समस्या आएको उहाँले बताउनु भयो । आँफुले यस अभियानलाई निरन्तर जारी राख्ने उहाँको भनाई थियो । यस प्रकारको अभियानका कारण आम जनतामाझ भएको गुनासाहरु सुन्ने अवसर समेत मिल्ने उहाँको भनाई छ ।
काँग्रेसका हरेक नेता तथा कार्यकर्ताहरुले यसको अनुसरण गर्नु आबश्यक रहेको भन्दै उहाँले पार्टीले बार्षिक कार्यक्रमको तालिकामा वनाउँदै गरेको र यस कार्यलाई पनि सो तालिकामा समावेस गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो । अहिलेको समाजमा पनि जातीय विभेद रहनु दुःखत रहेको बताउँदै उहाँले यसको अन्त्यका लागि काँग्रेसले पहल गर्नु आबश्यक रहेको बताउनु भयो । हरेक आन्दोलनको नेतृत्व गरेको काँग्रेसले अव जातिय बिभेदको अन्त्यका लागि समेत कदम अघि वढाउने उहाँले बिश्वास दिलाउनु भयो ।
महामन्त्री खड्काले कार्यकर्ताकोमा आश्रय लिदाँ खर्चको मितव्ययीता हुने र समाजमा सन्देश पनि राम्रो जनो भन्दै यसलाई सबैले अभियानको रुपमा अघि वढाउन आबश्यक रहेको बताउनु भयो । महामन्त्री खड्का संगै विकको घरमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले एक रात बिताएका छन् । विक काँग्रेस चितवनका क्षेत्रीय प्रतिनिधि समेत रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !