चितवनः युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार(विश्वकर्मा)ले वजेटमा खेलकुद क्षेत्रलाई प्रयाप्त रकम छुट्याउन नसकीएको बताउनु भएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले मन्त्रालयले १५ अर्ब वजेट माग गरेको भए पनि ३ अर्ब ९९ करोड पाएको वताउनु भयो ।
स्रोत साधनको सिमाका कारण खेलकुद क्षेत्रमा जति वजेट विनियोजन हुनु पर्ने थियो त्यो हुन नसकेको भन्दै उहाँले खेलकुद क्षेत्रले अपेक्षा गरे अनुसारको वजेट विनियोजन नभएको बताउनु भयो । खेलकुद क्षेत्रमा देखिएका समस्या र चुनौतिहरुलाई वजेठ कार्यक्रमका हिसावले र नितिगत हिसावले मार्गदर्शन गरेको उहाँको भनाई थियो ।
खेल क्षेत्रको बिकास बिस्तार र सम्बृद्धाका लागि हाम्रा अगाडी जे कार्यवाहारहरु छन् ती कार्यबारहरु पुरा गर्ने भएको स्रोत साधनलाई मितवेयी हिसावले प्रयोग गर्न आबश्यक रहेको उहाँले भन्नुभयो । सरकारले वजेट कम दिए पनि खेल क्षेत्रलाई प्रथामिकतामा नपारेको भन्ने कुरा नभएको उहाँले बताउनु भयो ।

सरकार शुशासन, बिकास र सम्बृद्धिको राष्ट्रिय लक्ष्य हाँसिल गरेर सम्बृद्ध नेपाल सुखि नेपाली वनाउने संकल्प साथ अघि वढेको उहाँको भनाई थियो । राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजना वद्ध ढङ्गले अघि वढेको उहाँले बताउनु भयो । खेल क्षेत्रले संम्बृद्धि प्राप्त नगरे सम्म सम्बृद्ध नेपाल वन्न नसक्ने उहाँको भनाई थियो । यसका लागि सरकारले सात प्रदेशमानै सुबिधा सम्पन्न रंगशाला निर्माणको काममा लागेको उहाँले बताउनु भयो ।
खेलकुद क्षेत्रमा देखिएको बिबाद अन्त्य गर्दै अघि वढ्नका लागि सरकार लागि परेको उहाँले बताउनु भयो । सबै पक्ष एकतावद्ध भएर अघि वढ्न नसकेको खण्डमा खेल क्षेत्रको बिकास सम्भव नभएको भन्दै उहाँले आँफुले जिम्मेवारी संम्हाले पछि सबै पक्षलाई एकतावद्ध हुन आव्हान गरेको बताउनु भयो । उहाँले भन्नुभयो “खेल क्षेत्रमा देखिएका विवाद अन्त्य गर्दै अघि वढेका छौ । वाँकी विवाद देखिएका ठाउँमा पनि समाधानको वाटो खोजीएको उहाँले बताउनु भयो ।”
खेल क्षेत्रलाई मर्यादित वनाउन आबश्यक रहेको उहाँको भनाई थियो । खेल क्षेत्र मर्यादित वन्न नसके अग्रजको योगदानको कदर र देशको प्रतिष्ठा माथि उठ्न नसक्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !