
चितवनः पूर्बी चितवनको रत्ननगरमा रहेको चाउचाउ गोदाममा आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार आज विहान १०ः२० वजे रत्ननगर नगरपालिका वडा नम्बर १४ मा रहेको एविसि चाउचाउको गोदाममा आगलागी भएको हो ।
कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यका अनुसार आगो नियन्त्रणमा आई सकेको छ भने क्षतीको बिबरण आउन वाँकी रहेको छ । बिद्युत चुहावट हुँदा आगलागी भएको उहाँले जानकारी दिनु भयो ।
स्थानीय, प्रहरी, भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिईएको थियो । आगोका कारण उत्पादीत चाउचाउ र वोराको गोदाममा क्षती पुगेको छ ।