चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ गणेस्थानमा मादक पदार्थ सेवन गरि छिमेकीलाई धारिलो हतियार प्रहार गरेको खुलेको छ । शुक्रबार राति धारिलो हतियार प्रहार हुँदा एक युवत्ति घाईते हुनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले हतियार प्रहार गर्ने ३५ वर्षिय नारायण बि.क.लाई पक्राउ गरे संगै घटनाको रहस्य वाहिर आएको हो । नियमीत मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने वि.क.लाई स्थानीयले सम्झाउने क्रममा उनले धारिलो हतियार प्रहार गरेको स्विकार गरेका हुन । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विकले छिमेकीहरुले आँफुलाई नराम्रो सोचेको भन्दै धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो ।
रेग्मीका अनुसार लामो समय देखि छिमेकीहरुले उनलाई सम्झाउँदै आएका थिए । सोहि सम्झाउने क्रममा उनले शुक्रबार राति स्थानीय ३४ वर्षिया सोममायाँ कामीलाई धारिलो हतियार प्रहार गरेका हुन । धारिलो हतियार प्रहार बाट घाईते कामीको गम्भीर अबस्थामा चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ ।

घटना पछि फरार रहेका बि.क.लाई सुचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका बि.क.लाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धि कसुर अन्तर्गत १८६ वमोजिम ज्यान मार्ने उद्योगमा मुद्दम दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !