चितवनः धुर्मुश–सुन्तली फाउण्डेसनले सुरक्षाको महशुस हुने बातावरण तय नभए सम्म गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गर्न नसकीने जनाएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा स्थानीयका कारण निर्माणको काममा बाधा भएको भन्दै स्थानीयलेनै सुरक्षित हुने वातावरण नबनाए सम्म निर्माणको काम गर्न नसकीने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिनु भयो ।
आँफुहरुको फाउण्डेसनले गर्न लागेको काम आँफुहरुको मात्र अभियान नभई हरेक नेपालीको अभियान भएका कारण सुरक्षाको प्रत्याभूत गराउन सबैलाई आग्रह समेत उहाँले गर्नु भयो । आँफुहरुको मात्रै अभियान भएको भए अझै वढि खतरा हुने भन्दै उहाँले रंगशाला निर्माणका लागि सबै एक भएर लाग्नुको बिकल्प नभएको बताउनु भयो ।
बुधबार स्थानीयहरुले डोजर लगाएर निर्माणाधिन रंगशालाको बार भत्काएको बाउँदै कट्टेलले फाउण्डेसनको काममा डोजर लगाईएको नभई जनताको पसिनामा डोजर चलाईएको बताउनु भयो । घटनामा संलङ्न दोसिलाई कारवाहि हुनु पर्ने भन्दै उहाँले निर्दोश पर्न नहुने बताउनु भयो ।
भरतपुरमा रहेको भरतपुर गार्डेन रिसोर्टका कर्मचारीहरुको तर्फबाट प्रदान गरिएको १ लाख १ रुपैयाको चेक ग्रहण गर्दै र्धुमुसले यस्तो बताउनु भएको हो । उहाँले बुधवारको घटनालाई विर्सने गरि चितवनबासीले नै गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गर्दै अव यस्तो नराम्रा धटना हुन नहुने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले धुर्मुस सुन्तली चितवनमा केही लिन नभई दिन मात्र आएकोले आँफुहरुलाई सहयोग गर्न आग्रह गर्नु भयो ।
उहाँले यस्तो कार्यमा संग्लग्नका परिवारलाई समेत सम्बोधन गर्दै सो घटनामा फाउण्डेशनले कसैलाई प्रक्राउ गराउने कार्य नगरेको समेत स्पष्ट पार्नु भयो ।गौरवको योजना निमार्ण भईरहेकोले पहिलो दायित्व स्थानिय बासिन्दाले नै लिनु पर्ने उहाँको भनाई थियो ।
गार्डेन रिर्सोटमा कार्यरत ८० जना कर्मचारीले दुई दिनको तलव बापतको रकम रंगशालालाई हस्तान्तरण गरेका हुन । होटलका म्यानेजर दिपेन्द्र पोख्रेलका अनुसार होटलमा काम गर्ने कर्मचारीहरुले दैनिक ९ सय देखि ६ हजार सम्म कमाउँदै आएका छन् । आँफुहरुको सहयोगले रंगशाला निर्माणका लागि केहि राहत हुने बिश्वास उहाँको थियो ।