चितवनः प्रहरीले जवरजस्ति करणीमा संलङ्न भएका दुई अभियुक्तलाई पक्राउ गरेको एक साता नपुग्दै यौन दुव्र्यवहारको आरोपमा एक जनाईलाई पक्राउ गरेको छ ।

पक्रा पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १५ का ४५ वर्षिय निम वहादुर सुनार रहेको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । सुनारले सोहि स्थान वस्ने ११ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

बालिकालाई सुनारले पछिल्लो दुई महिनायता पटक–पटक यौन दुव्र्यवहार गरेको जाहेरी परेपछि सुनारलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार बाल यौन दुरुपयोग मुद्धा अन्तर्गत सुनारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ । सुनार माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !