
चितवनः नेपाल प्रेस युनियन चितवनको आयोजनामा आज विहान यहाँ सामुहिक हिडाई (वाकाथुन) कार्यक्रम सम्पन्न भएको छ । भरतपुरको चौबिसकोठीबाट नारायणगढको पुलचोक सम्म झण्डै पाँच सय सहभागी संगै हिडेका थिए ।
युनियनले रजत वर्ष सुभारम्भको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा प्रदेश सभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्बती शाह, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता तेजेन्द्र खड्का लगाएत पत्रकार र बिभिन्न संघ संस्थाका प्रतिनिधि एबं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भका अवसरमा नेपाल चिकित्सक संघ चितवनका सचिब वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले नियमीत हिडाईले शारीरिक र मानसिक फाईदा पुग्ने बताउनु भयो । उहाँले दैनिक १० हजार पाईला हिड्नु पर्ने भन्दै स्वस्थ रहन हरेक दिन ३० मिनेट हिड्न सुझाब दिनु भयो ।
नियमित हिडाईले उच्च रक्तचाप, मधुमेह, कोलस्टोर नियन्त्रण गर्नुका साथै हड्डी र मासुको समस्या कम हुने अधिकारीको भनाई छ । विहानीको हिडाईले मानसिक रुपमा स्फुर्त हुने भन्दै दिनभरको काममा सहजता आउने उहाँले जानकारी दिनु भयो ।
सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले सबै नागरिक स्वस्थ नवने सम्म मुलुक सम्बृद्ध नहुने भएकाले युनियनले केन्द्रिय समितिको स्थापना दिवसको अवसर र जिल्लाको रजत वर्षको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
वि. सं. २०४८ साल जेठ १३ गते युनियनको केन्द्रिय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । २५ वर्ष पुरा पुरा भएको वर्ष भवन निर्माणमा केन्द्रित भएको युनियनले यस वर्ष एक महिना एक कार्यक्रम गरि रजत वर्ष मनाउन लागेको हो ।
रजत वर्षका अवसरमा युनियनले श्रमजिवि पत्रकारहरुको अबस्था र कार्यन्वयनको विषयमा अन्तरक्रिया, सरकारी निकायका सुचना अधिकारीसंग पत्रकारको अन्तक्र्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान लगाएतका कार्यक्रम तय गरेको छ ।
सोहि अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवं दन्त परिक्षण, सांस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिबिर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडीएको बस्तिमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण र स्मारीका विमोचन संगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिनु भयो ।
देशभरमा युनियनको आफ्नै भवन निर्माण गर्ने चितवन पहिलो र एक मात्र शाखा हो ।