चितवनः नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधिलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । काँग्रेसको जागरण अभियान अन्तर्गत आज चितवन मेडीकल कलेजमा उपचार रत प्रहरी सहायक निरिक्षक कल्पना खड्का पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उहाँले यस्तो आरोप लगाउनु भएको हो ।
सरकारले अहिले शक्तिको आडमा अपराधिक कृर्याकलापमा संलङ्नलाई उन्मुक्ति दिदै आएको बताउँदै उहाँले यसलाई रोक्न आबश्यक रहेको बताउनु भयो । दशढुङ्मा मदन आश्रितको श्रद्धान्जली सभामा सहभागि भएर फर्किएका युवाहरु गत शुक्रबार पूर्ब पश्चिम राजमार्ग अन्तर्गत गोन्द्रङ्को कर संकलन केन्द्रमा आगो लगाउने क्रममा खड्का जल्नु भएको थियो ।
उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिदै नेता चौधरीले यस घटना निन्दनिय भएको बताउँदै पिडक जो सुकै भए पनि कारवाहिको दायरामा ल्याउन काँग्रेसले पहल गर्ने बताउनु भयो । अहिलेको सरकार हरेक घटनाका दोशिलाई संरक्षण गर्न तर्फ उद्धत रहेको भन्दै शान्ति सुरक्षाको माहोलमा देशको अबस्था झन खस्कदै गएको बताउनु भयो । देशमा अराजकता फैलाउने काम स्वयम सरकारले गरेको उहाँको भनाई थियो ।
काँग्रेसको जागरण अभियान अन्तर्गत चितवनमा आज देखि प्रजातन्त्रका सेनाीहरु, शहिद परिवार लगाएत संग भेटघाट र छलफलको कार्यक्रम रहेको छ । सोहि कार्यक्रमको सुरुवातमा खड्कालाई भेट्न पुग्नु भएका चौधरीले सरकारले कानुनको उल्लंघन गर्दै अपराधिलाई संरक्षण गरेको आरोप लगाउनु भएको हो ।
जनताको सुरक्षामा खटिएका प्रहरी माथिनै आक्रमण हुनुले देशमा कानुनी राज्यको उपहास भएको उहाँको भनाई थियो । खड्काको उपचारका र देशिलाई कारवाहिका लागि सधैं काँग्रेस साथमा रहेको चौधरीले वताउनु भयो ।
घाईते खड्कालाई भेट्न नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्ब सभापति तथा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, पूर्ब संसद अन्जनी श्रेष्ठ, प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ लगाएतका काँग्रेस नेता तथा कार्यकर्ता चितवन मेडीकल कलेज पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस !