
चितवनः जवरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । एक जनालाई भारतीय सिमा क्षेत्र सुनौलि र एक जनालाई जिल्लाबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ५ का शम्शेर वि.क र भरतपुर महानगरपालिका वडा नम्बर १६ का सुवास परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज जारी गरेको प्रेस बिज्ञप्तिमा जनाईए अनुसार बैशाख ६ गते दिउँसो माडी नगरपालिका वडा नम्बर ५ छरछरेमा १५ वर्षिया किशोरीलाई जवरजस्ती करणी गरि फरार रहेका अभियुक्तलाई प्रहरीले सुनौलिबाट पक्राउ गरेको हो । स्थानीय ३८ वर्षिय शम्शेर बि.क.ले सोहि ठाउँ निवासी १५ वर्षिया किशोरीलाई घर नजिकै न्युरो टिप्न गएको समयमा काँसघारीमा लगि जवरजस्ती करणी गरेका थिए । सो पश्चात उनि फरार थिए ।
उनालई भारतिय प्रहरीको सहयोगमा सुनौलि नाकाबाट निजलाई वुधबार पक्राउ गरिएको हो । यसैगरि भरतपुर महानगरपालिका वडा नम्बर १६ का २५ वर्षिय सुवास परियारलाई आज बिहान पक्राउ गरिएको छ । निज परियारले स्थानीय १२ वर्षिया वालिकालाई घरमानै वोलाएर बैशाख ३० गते जवजस्ती करणी गरि फरार भएका थिए । घरमा वोलाएर कोठामा लगि जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरीले आज म्याद थप गरि अनुसन्धान अघि वढाएको प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिनु भयो । उनीहरुलाई १४ वर्ष देखि १५ वर्ष कैद सजाय हुने रेग्मीले जनाकारी दिनु भयो ।