फिल्म जाने तु या जाने ना बाट बलिउडमा डेब्यू गरेका इमरान खान आफ्नी पत्नी अवंतिकासँग छुट्टिएका छन् । भारतीय संचारमाध्यमका अनुसार यी दुवै केही समयदेखि छुट्टा छुट्टै बस्थे । इमरान र अवंतिकाले आठ वर्ष पहिला विवाह गरेका थिए । यी दुवैकी एक छोरी छन् । संचारमाध्यमका अनुसार अवंतिकाले २४ मे मा पालीहित स्थित इमरानको घर छोडेकी हुन् । उनी आफ्नी छोरीलाई लिएर आमा बुवाको घरमा बस्दै आएकी छन् । इमरान र अवंतिकाबीच २०११ मा विवाह भएका थिए । विवाह अगाडि उनीहरुले लामो समयसम्म डेट गरेका थिए ।