चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ मुक्तिटोल निवासी यम वहादुर गुरुङ्ले एक वृद्धको दुबै आँखाको उपचार गरिदिनु भएको छ । आँखामा समस्या देखिएको तीन वर्ष सम्म पनि उपचार नपाएर घरमानै वस्दै आउनु भएका लम्जुङ्का ६५ वर्षिय मंगलसिंह घर्तीको गुरुङ्ले केहि दिन अघि भरतपुर आँखा अस्पतालमा ल्याएर अप्रेसन गराउनु भएको हो ।
भारतिय सेनका पूर्ब सैनिक गुरुङ्को गाडीमा ठोक्कीन आउनु भएका घर्ती अहिले दुबै आँखा देख्ने हुनु भएको । गुरुङ् पारिवारीक कामले लम्जुङ् जाने क्रममा घले आफ्नो गाडीमा ठोकिन आए पछि दुबै आँखा नदेखेका कारण ठोकीन आएको थाहा पाउनु भएको थियो । त्यस लगत्तै उहाँले घर्तीलाई आँफु संगै ल्याएर नेपाल नेत्रज्योति संघ चितवन द्धारा संञ्चालित भरतपुर आँखा अस्पतालमा उपचार सुरु गर्नु भएको थियो । बैशाख १६ गते उहाँको पहिलो आँखाको अप्रेसन गरिएको थियो ।
उपचार पछि उहाँकै घरमा बस्दै आउनु भएका घर्तीले भन्नुभयो “आँखा देख्न पाए पछि आफ्ना लागि भगवना आए जस्तै भएको छ ।” घरमा काम गर्ने श्रीमति मात्रै रहेकाले उपचारका लागि गाउँलेले समेत नपत्यार आँफुले समयमा उपचार गर्न नपाएको उहाँको गुनासो थियो । भाई काठमाडौं बस्छ, बहिनि अपाङ्ग छ, म आँखा नदेख्ने अनि समाजले कसरी पत्याउने ऋणका लागि उहाँले गुनासो गर्नु भयो ।
मकै गोड्ने क्रममा मकैको ठासाले गर्दा घर्तीका दुबै आँखामा समस्या आउनुका साथै बिगत तीन वर्ष देखि उपचार पाउन सक्नु भएको थिएन । दोस्रो आँखाको उपचार पनि यहि बैशाख १९ गते गरेको उहाँले बताउनु भयो । गुरुङ्का कारण आँफुले संसार फेरी देख्न पाएको बताउँदै घर्तीले गाउँमा आँखा नदेख्ने भएर वसेका सबैलाई उपचार गर्न जानका लागि प्रेरीत गर्ने बताउनु भयो । लम्जुङ्बाट उपचारका लागि गोर्खा जानु पर्ने बाध्यता रहेकाले पनि उपचारका लागि गाउँका गन्यमान्य वाहेक कोहि जान नसक्ने उहाँले बताउनु भयो ।
घर्तिको उपचारका लागि आँफुले गाउँबाट ल्याएको भए पनि सफल हुने नहुनेमा आँफु निकै चिन्तित रहेको बताउँदै गुरुङ्ले उपचार पछि भने समाजमा एक जनाका लागि राम्रो काम गरेको महशुश भएको बताउनु भयो । नेपाल नेत्रज्योती संघ चितवनका सभापति कृष्णराज धरेलले आर्थिक अभावमा कसैको उपचार नरोकीयोस् भन्नका लागि आँफुहरु सधै लागि परेको बताउनु भयो । आर्थिक अभावकै कारण आँखाको उपचार गर्न नपाउने अवस्था नरहेको भए पनि बिरामी अस्पताल सम्म आउनु पर्ने वाध्यता रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !