चितवनः चितवन मेडीकल कलेजमा मृगौला प्रत्यारोपण हुने भएको छ । अंग प्रत्यारोपण समन्वय समितिको वैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो ।
मेडीकल कलेजका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले आउँदो एक महिना भित्रमा प्रत्यारोपण थालिने बताउनु भयो ।सो अस्पतालमा हाल एक सय जना बिरामीले मृगौलाको डायलसिस गर्दै आएका छन् । न्यौपानेका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समुह तयार छ भने आबश्यक उपकरण जडान भईसकेको छ । उहाँले त्यहाँ डायलसिस गर्दै गरेका सबै बिरामीको मृगौला प्रत्यारोपण गर्न सकेमा खर्च घट्ने र आयु वढाउन सकीने बताउनु भयो ।
अस्पतालमा हाल दैनिक २ हजार जना बिरामीले वहिरंग सेवा लिई रहेका छन् । न्यौपानेका अनुसार भर्ना भएर करिब ५ सय जनाले उपचार लिई रहेका छन् । अस्पतालको १ सय ७० शैयाको बिभिन्न सघन उपचार कक्ष रहेको छ ।
मेडीकल कलेजमा हाल २६ वटा शैक्षिक कार्यक्रम संञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस !