चितवन: चितवन राष्ट्रिय निकुञ्जमा रहेकाे एक हात्तिकाे अप्रेसन गरेर छावा निकालिएकाे छ । निकुञ्जको हात्ति प्रजनन् केन्द्र खाेरसाेर साैराहामा रहेकाे गण्डकी कलिलाई अप्रेसन गरेर भाले छावा निकालिएकाे हाे ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. बिजय कुमार श्रेष्ठकम अनुसार बुधबार हात्तिकाे अप्रेसन गरेर छावा निकालिएकाे हाे । मंगलबार देखि बेथा लागेकाे साे हात्तिले प्राकृतिक रुपमा छावा पाउन नसके पछि अप्रेसन गरिएकाे उहाँले बताउनुभयाे । उहाँका अनुसार छावा याेनि मार्गकाे तलबाट निस्कनु पर्नेमा मलद्वारकाे क्षेत्रमा आएर बसेकाे हुनाले अप्रेसन मार्फत वच्चा निकालिएकाे हाे । उहाँले भन्नुभयाे”मलद्वारकाे तलबाट करिब १ फिट लामाे चिरेर छावा निकालेका हाै ।”
अहिले वच्चा र माउकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे उहाँकाे भनाई छ । आज मात्रै हात्तिकाे चिरियकाे ठाउँमा टाँका मारिएकाे उहाँले बचाउनुभयाे । चिर्ने स्थानलाई मात्र लठ्यायर हात्तिकाे अप्रेसन गरिएकाे हाे । उहाँले थप्नुभयाे”हात्ती उभ्भिरहेकाे अबस्थामा अप्रेसन गरेका हाै ।” अहिले गण्डकी कलिले बच्चालाई दूध नदिएकाे बताउँदै उहाँले दुयर र पाउडर दूध खुवाएर छावालाई राखिएकाे बताउनुभयाे । हात्तिकाे अप्रेसनबाट छावा निकालिएकाे याे नेपालमा पहिलाे घटना भएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे” बिश्वमानै हात्तिकाे अप्रेसन गरेर छावा निकाल्ने काम बिरलै गरिन्छ ।” अहिले गण्डकी कलि र छावा दुबै चिकित्सककाे निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !