चितवनः पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोर तर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाईकल कालिका नगरपालिका वडा नम्बर ९ सुनखानीमा आँफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । मोटरसाईकल मंगलबार राती १०ः१० वजे सडकबाट ५० मिटर तल खसेको कार्यालयले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षिया हस्तमायाँ मगर रहेको कार्यालयका प्रबक्ता सूर्यवहादुर थापाले जानकारी दिनुभयो । उनको घटना स्थलमानै मृत्यु भएको हो ।
मोटरसाईकल चालक रत्ननगर नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षिय फत्ते बहादुर मगर घाईते भएका छन् । घाईते मगरको दुबै खुट्टा, हात र ढाडमा चोट लागेको र चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । मृतक र घाईते आमा छोरा रहेको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !