चितवनः गोरखाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका वडा नम्बर ६ का ७८ वर्षिय वृद्ध रहेका छन् ।
उनको आज राती १२ः४५ वजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । निमोनिया र मधुमेहको समस्या भई वैशाख १७ गते भरतपुर अस्पतालमा भर्ना भएका उनमा १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !