चितवनः प्युठानका कोरोना सङ्क्रमितको आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ का ६२ वर्षिय पुरुष रहेका छन् ।
निमोनियाका कारण उपचारका लागि वैशाख ११ गते भैरहवा स्थित अस्पतालमा भर्ना भएका उनमा कोरोना सङ्क्रमण देखिए संगै १२ गते भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज बिहान ४ः१० वजे मृत्यु भएको हो ।






