चितवनः कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २० की ७५ वर्षिय महिला रहेकी छन् । उनको बुधबार राती चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
माघ २१ ग्ते दम सम्बन्धि समस्याका कारण अस्पतालमा भर्ना हुनु भएकी उहाँमा माघ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका प्रबक्ता डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या यो संगै १ सय ८ पुगेको छ । ६ हजार ७ सय ६३ जना संक्रमित भई सकेको जस मध्ये हाल ७१ ज्ना हाल अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा रहेका छन् ।






