TRENDING :
  • प्रचण्ड प्रधानमन्त्री प्रधानमन्त्री ओली सुन सुनचाँदी
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026
Click Khabar
×
  • होमपेज
  • खबर
    • समाज
    • प्रदेश
    • आजको पत्रिका
    • सम्पादकीय
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणिज्य
  • मनाेरञ्जन
  • विज्ञान प्रविधि
  • अन्तरर्वार्ता
  • विचार/ब्लग
  • खेलकुद
  • रोचक
  • अन्य
    • क्लिक खबर विशेष
    • राशिफल
    • फोटो ग्यालरी
    • भिडियो
  • होमपेज
  • खबर
    • समाज
    • प्रदेश
    • आजको पत्रिका
    • सम्पादकीय
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणिज्य
  • मनाेरञ्जन
  • विज्ञान प्रविधि
  • अन्तरर्वार्ता
  • विचार/ब्लग
  • खेलकुद
  • रोचक
  • अन्य
    • क्लिक खबर विशेष
    • राशिफल
    • फोटो ग्यालरी
    • भिडियो

देशभरि ६२ अस्पतालमा १२० खोप केन्द्र

मंगलबार, माघ १३, २०७७ | १५:१८:०४ |
क्लिक खबर

काठमाडौँ, १३ माघ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्नुहुने छ । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । काठमाडौँमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौंँ मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् । उहाँले आज खोप केन्द्र बनाइएका उपत्यकाका अस्पतालको निरीक्षणसमेत गरिएको बताउनुभयो । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ ।

यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ । भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । खोप शाखाका निर्देशक डा गौतमले सबै प्रदेशमा खोप पुगिसकेको बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने छ ।

सो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । सरकारले प्रथम चरणको खोप सक्नुभन्दा अगाडि अर्को चरणको खोप लगाउनका लागि खोप ल्याउने तयारीमा रहेको छ । मन्त्रालयले खोपको समुचित प्रयोग गर्न र खेर जान नदिन आफूले नियमितसमेत गर्ने छ । कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका नामक औषधि उत्पादक कम्पनीले संयुक्त रुपमा विकास गरेका हुन् ।

भारतको सेरम इस्सिच्युटले खोप उत्पादन गरेको हो । लक्षित समूहले मात्र खोप पाएको यकिन गर्नका लागि सम्बन्धित संस्थाले खोप पाउने व्यक्तिको सूची सार्वजनिक गर्ने व्यवस्था मन्त्रालयले गरेको छ । खोप केन्द्र रहेको संस्था र स्वास्थ्य कार्यालयका प्रमुखले सूची सार्वजनिक गर्नुपर्ने हुन्छ । खोपको अनुगमन जिल्ला कोभिड –१९ खोप समन्वय समितले गर्ने छ ।

ककसले पाउँछन्

पहिले चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।
नेपालमा अहिले कोभिड–१९ को सङ्क्रमण दुई लाख ६९ हजार ७८९ जनामा देखिएको छ । सङ्क्रमणबाट दुई हजार ११ जनाको निधन भइसकेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित शीर्षकहरु :

परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छः विज्ञ
कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छः विज्ञ
बरण्डाभार क्षेत्रका तीन सामुदायीक वनमा सन्ध्याकालिन जीप सफारीको तयारी
बरण्डाभार क्षेत्रका तीन सामुदायीक वनमा सन्ध्याकालिन जीप सफारीको तयारी
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
ताजा अपडेट

बागमती प्रदेशमा सबिना बिक प्रथम

बागमती प्रदेशमा सबिना बिक प्रथम

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको पूर्ण परिणाम सार्वजनिक, ९९ सदस्यीय केन्द्रीय समिति चयन (सूचीसहित)

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको पूर्ण परिणाम सार्वजनिक, ९९ सदस्यीय केन्द्रीय समिति चयन (सूचीसहित)

तातो हावाको लहर कायमै रहने सम्भावना

तातो हावाको लहर कायमै रहने सम्भावना

आदिवासी जनजाति खुल्लामा शंकर श्रेष्ठको उम्मेदवार

आदिवासी जनजाति खुल्लामा शंकर श्रेष्ठको उम्मेदवार

अयोध्या मिडिया प्रा. लि. द्वारा संचालित
दर्ता नम्बर: 00161/079/080

अध्यक्ष एबं प्रकाशक : प्रस्ताव सुवेदी
सम्पादकः नारायण काफ्ले

प्रधान सम्पादकः सनद अधिकारी
समाचार प्रमुख : अम्विका बन्जाडे

सह-सम्पादकः प्रदिप सुवेदी
सम्पर्क: ९८५५०५४१३५

Copyrights © 2022 Click Khabar All Rights Reserved

Developed by: Namuna Computer