चितवनः रेविज रोगका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका वडा नम्बर २ का ३२ बर्षिय मिन वहादुर प्रजा रहेका छन् ।

प्रजाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । केही महिना अघि रेविज लागेको कुकुरले टोकेको भए पनि समयमानै खोप लगाउन नसक्दा प्रजालाई कुकुरको जस्तो लक्ष्यण देखिएको थियो । रेविजको लक्ष्यण देखिए संगै उनलाई उपचारका लागि बुधबार भरतपुर अस्पतालमा ल्याईएको थियो ।

उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !