चितवनः सामाजिक व्यक्तितब एवं नेपाली काँग्रेस चितवनका नेत राजेन्द्र अधिकारी (राजन) प्रादेशिक आर्युवेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरको ब्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनु भएको छ। बागमती प्रदेश सरकारको मन्त्री परिषद वैठकले अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
अधिकारीलाइ मन्त्री परिषदको फागुन २१ गतेको निणर्यले अध्यक्षको जिम्मेवारी दिइएको हो । रत्ननगर नगरपालिका वडा नम्वर १६ निवासी अधिकारी सामाजिक व्यक्तित्व अधिकारी १४ बर्ष शिक्षा मन्त्रालय अन्तर्गत प्राथमिक शिक्षा परियोजनामा काम गरि सक्नु भएको छ ।
राजनैतिक रुपमा सकृय बन्नका लागि १७ वर्षा सम्म काम गरेको संस्थाबाट अबकास लिएर नेपाली कांग्रेसको राजनितिमा सकृय बन्नुभएको थियो । अधिकारी वि सं २०४९ सालमा निजामति सेवामा प्रबेश गर्नु भएको थियो । १३ वर्ष काम गरेर राजनैतिक चेतनाका कारण निजामती सेवाबाट बाहिरिनु भएका अधिकारी अहिले नेपाली कांग्रेस चितवन क्षेत्र नम्वर १ का प्रवक्ता समेत रहनु भएको छ ।
बिपि कोईरालाको राजनैतिक दर्शनबाट राजनैतीक यात्रा सुरु गर्नु भएका अधिकारीका बुबा तत्कालिन चैनपुर, पिठुवा र काउलेको कांग्रेसका नेताको रुपमा परिचित हुन्थ्यो । ईतिहास र अर्थशास्त्रमा स्नातकतह सम्म गर्नुभएका अधिकारी अहिले राजनिती मार्फत समाज परिवर्तनका लागि अघि बढ्नु भएको थियो । उहाँले भन्नुभयो “मैले पाएको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने छु ।”अध्यक्षको जिम्मेवारी पाए संगै उहाले स्वास्थ्य क्षेत्रमा राजनैतिक गन्ध नआउने गरि यस चिकित्सालयलाई अघि वढाउने वताउनुभयो ।

अधिकारी २०४६ सालको जनआन्दोलनमा घाईते, जेल जीवन र २०६२–०६३ सालको जनआन्दोलनमा चितवनबाट पहिलो गिरफ्तारीमा पर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !