चितवनः यहाँका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले हरेक नागरिकले जन्मदिनमा आफ्नो स्वास्थ्य परिक्षण गर्न अपिल गर्नुभएको छ । आज आफैबाट स्वास्थ्य परिक्षण गरेर अपिल गर्दै कसैले पनि जन्मदिन नविर्षने भएकाले कम्तिमा वर्षमा एक पटक आफ्नो स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभएको हो ।
जनता संग अस्पतालको अभियान चलाउँदै आउनु भएका अधिकारीले आज पुष्पाञ्जली अस्पताल परिसरमा बिरामी, स्टमित्र, आफन्त, कक्षा १० र १२ मा पढ्दै गरेका बिद्यार्थीहरु लगाएतको उपस्थितिमा सार्बजनिक अपिल गर्दै सबैलाई आफ्नो स्वास्थ्थ्यको ख्याल गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो “हरेक व्यक्तिले जन्मदिनको दिनको सुरुवातको बिहानी आफ्नै स्वास्थ्य परिक्षणबाट गर्न सक्यौ भने लुकेका थाहा नभएका शरिरमा भए पनि पत्ता लगाउने तहका रोग पहिचान हुने छन् ।” उहाँले थप्नुभयो “यो सन्देश लिनका लागि र दिनका लागि आँफैबाट मेरो स्वास्थ्य परिक्षण सुरु गरेको छु ।”
उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, युरीकएसिड, कलेजो, मृगौला, मुटु, आँखा लगाएतको परिक्षण गर्नुपर्ने उहाँको भनाई थियो । समयमानै रोग पहिचान भएमा उपचार गर्न सकीने भन्दै उहाँले कम्तीमा वर्षको एक पटक स्वास्थ्य परिक्षण गर्ने दिन जन्मदिनलाई लिन सकीने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !