चितवनः साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको मुद्दामा रु ५४ लाख धरौटी माग गर्ने आदेश भएको छ । चितवन जिल्ला अदालतका न्यायधिश दयाराम ढकालको इजलाशले प्रतिवादी लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ अनुसार सो रकम वरावरको धरौटी माग गर्ने आदेश गरेको हो ।
आदेशमा भनिएको छ “माग भएको धरौट वा जमानत वा वैड्क जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु । सो दिन नसके कानून बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु ।” यस्तै आदेशमा “मिसिल संलग्न उल्लेखित तत्काल प्राप्त प्रमाण भएको प्रस्तुत मुद्दामा थुनछेक तर्फ विचार गर्दा यी प्रतिवादी रवि लामिछानेले यस अदालतमा बयान गर्दा आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेको भएतापनि निजले आफ्नो वयान व्यहोरामा आफु गोर्खा मिडिया नेटवर्क प्रा.लि.को प्रवन्ध निर्देशक रहेको, सो कम्पनीमा आफ्नो शेयर रहेको विषयलाई अन्यथा नभनेको, निजले प्रवन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेको ।” त्यसै गरी आदेशमा थप भनिएको छ “निज प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा समेत आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेतापनि निजले अनुसन्धान अधिकारी समक्षकै बयानमा आफु गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवन्ध निर्देशक रही काम गरेको ।”
लामिछानेले सो रकम वरावरको प्रभु बैंकको ग्यारेन्टी पत्र वुझाउनुे जनाईएको छ । दुई दिन सम्म चलेको थुनछेक वहश पछि आज आदेश भएको हो । नेपाल सरकारका तर्फबाट उपस्थित जिल्ला न्यायाधिवक्ताहरु रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, सहायक जिल्ला न्यायाधिवक्ताहरु बुद्धबहादुर थापा र अमृत सुवेदीले वहश गर्नुभएको थियो ।
यस्तै जाहेरवालाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी र राजकुमार श्रेष्ठ, अधिवक्ताहरु गोपिलाल देवकोटा, रमेश काफ्ले, रामचन्द्र गौतम र सुनिता अधिकारीले बहश गर्नुभएको थियो । प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शुशिलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्य र सुरेन्द्रबहादुर थापा, अधिवक्ताहरू रामचन्द्र देवकोटा र डा. नारायणदत्त कंडेलले बहस गर्नुभएको उहाँले बताउनुभयो ।
विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालय चितवनले मंगलबार रवि सहित १५ जना बिरुद्ध मुद्दा दर्ता गराएको थियो । व्यक्ति बाहेक ६ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्धा दर्ता गरिएको छ ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिनुभयो । मुद्धा दायर भएका कुल ३२ जना मध्ये १२ जना बिरुद्ध ठगि र संगठित अपराधमा र २० जनालाई ठगिमा मुद्दा दर्ता गरिएको हो । संगठित अपराध र ठगिमा प्रतिवादी कायम भएकाहरु जीवि राई भन्ने जितेन्द्र बाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त वावु राई, भूपेन्द्र्र राई, देवेन्द्र वहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा, र नेत्र वास्तोला रहेका छन् । लामिछानेलाई ठगिमा मात्र प्रतिवादी वनाईएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगि भएको भनिएको जम्म रकम रु ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलब ४७ रहेको छ । हाल जाहरी परेको रकम रु ३८ करोड ९ लाख ७९ हजार १७७ क्षोतीपूर्ती भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रु ५२ करोड मध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रु १४ करोड २३ लाख ६ हजार १३१ दशमलब ४७ जाहेरी परेका वखत पुनः पुरक अभियोग जाहेर हुने गरी अभियोग दावि गरिएको छ ।
बिभिन्न ६ वटा कम्पनीहरुबाट साहारा चितवन बहुउद्धेश्यीय सहकारीलाई दिलाउने भराउनु पर्ने रकम रु ४३ करोड ३२ लाख ७ हजार ९२८ दशमलब ७५ रहेको छ । । व्यक्तिगत रुपमा जीविराईबाट रु ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट रु ३ करोड २० लाख र महेन्द्र भोटी भन्ने शिववहादुर गुरुङ्बाट रु २ करोड ६४ लाख भराईनु पर्ने माग दावी छ ।

प्रतिक्रिया दिनुहोस !