चितवनः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अहिले देशभरीका अस्पतालमा देखिएको जनशक्ति अभाव पुरा गर्न मन्त्रालय लागि परेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुरा गर्दै उहाँले जनशक्ति अहिलेको अबस्थाबाट केही सुधार गर्न सकिन्छकी भनेर मन्त्रालयले गृहकार्य सुरु गरेको बताउनुभयो ।

यसका लागि सरकारी अस्पतालहरुमा कम्तिमा ३ सय शैय्या भएको अस्पतालमा एमबिबिएस र १र २ सय शैय्याका अस्पतालमा नर्सिङ् कक्षा संञ्चालन गरेर जाने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको आबश्यकताका आधारमा न्यूनतम जनशक्ति पुरा गर्न सकिन्छकी भनेर मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताब गरेको छ ।” तत्कालका लागि छ प्रदेशका एक÷एक वटा संघिय अस्पतालमा न्यूनतम जनशक्ति पु¥याउन सकिन्छकी भनेर गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै उहाँले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्दै आँफुले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको बिरोध नभई अस्पष्टता भएको भन्दै उहाँले अस्पष्ट भएका कुराहरु छलफल गरेर अघि वढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । उहाँले भन्नुभयो “बिरोध छैना । अस्पष्टता छ । त्यसमा हामीले केही कुरा गर्न जरुरी छ । त्यसलाई निर्णय गरेर अघि वढ्छौ ।” मनत्रालयले दुई सिफ्टमा बहिरंग सेवा संञ्चालन गर्ने र सार्बजनिक बिदाको दिनमा समेत बहिरंग सेवा संञ्चालन गर्ने भन्ने कुरामा चिकित्सकहरुको असहमती हो ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री पौडेलले दुई सिफ्ट गर्ने भन्दैमा चिकित्सकका अतिरिक्त समय लिन नखोजिएको बताउनुभयो ।

उहाँले भन्नुभयो “चिकित्सकको दैनिक कार्यअबधि भित्र हामीले व्यवस्थित गर्न खोजेका हौ । अतिरिक्त समय गर्न खोजेको होईन ।” सरकारको अनुरोध भएको भन्दै उहाँले चिकित्सक स्वास्थ्यकर्मीले बिरोध नगरेको बताउनुभयो । सरकारले गरेको निर्णयमा व्यवस्थापन गर्नका लागि कहि कतै जटिलता भए फुकाउन मन्त्रालय तयार रहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सार्बजनीक बिदाको दिन बहिरंग सेवा संञ्चालन गर्ने बिषय भनेको शनिबार पनि भन्न खोजेको होईन । यस्ता बिदा बर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका हौ ।”

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन र चिकित्सकको समय बढी कसरी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो । उहाँले भन्नुभयो “चिकित्सक अथवा स्वास्थ्यकर्मीले मासिक रुपमा पाउने तलबमा प्रतिदिन कति हुन्छ भनेर भत्ता सुबिधा उपलव्ध गराउन सकिन्छकी भन्नेमा मन्त्रालय रहेको छ ।”

प्रतिक्रिया दिनुहोस !