चितवनः पृथ्वी राजमार्ग अन्तर्गत फिस्लिङमा बस र कार एक आपसमा ठक्कर खाई बस त्रिशुली नदीमा खस्दा १२ जना घाईते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङमा आज बिहान नेपालगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार एक आपसमा ठक्कर खाई बस सडकबाट करिब ५० मिटर तल त्रिशुलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसार बिहान ७ः२५ वजे दुर्घटना भएको हो । बसमा सवार ३५ जना र कारमा सवार चालक सहित पाँच जना रहेकोमा १२ जना घाईते भएको प्रहरीले जनाएको छ । बसमा सवार अन्य गन्तव्य तर्फ लागेका छन् ।
घाईतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाईएको उहाँले जानकारी दिनु भयो । घटनाको थप बिबरण आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !