चितवनः राष्ट्रिय परिचय पत्र वितरण तथा विवरण संकलन कार्य बिहान ७ वजे देखि सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ७ वजेबाट साँझ ५ वजे सम्म वितरण तथा विवरण संकलन सुरु गरेको हो ।
कार्यालयकी सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार असार मसान्त सम्म बिहान ७ वजेबाट विवरण संकलन गर्न लागिएको हो । परिचयपत्रको विवरण संकलन गर्न आउने सेवाग्राहीको भिड वढेपछि एक महिनाका लागि समय थप गरि सेवा दिन लागिएको उहाँले बताउनुभयो ।
जिल्लामा चालु आर्थिक वर्षको बैशाख सम्ममा २८ हजार ५६० जनाले राष्ट्रिय परिचय पत्र विवरण संकलन गराएका छन् । उहाँले भन्नुभयो “अहिले दैनिक ३ सय देखि ४ सय सेवाग्राही राष्ट्रिय परिचय पत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा १७० जनाको मात्र हो ।” सोवाग्राहीको चाप वढे संगै एक महिनाका लागि अभियानको रुपमा बिहानबाट नै सेवा दिन थालिएको बताउँदै उहाँले थप्नुभयो “भिड कम नभए अभियानलाई निरन्तरता दिईने छ ।” परिचय पत्र बनाउने सेवा ग्राहीको चाप वढे संगै फोटो खिच्ने स्टेसन थप गरिएको उहाँले बताउनुभयो । पहिला चार वटा मात्रै स्टेशनबाट सेवा दिईएकोमा अहिले थप गरेर पाँच वटा वनाउँदा समेत चाप कम हुन नसकेको उहाँको भनाई छ ।
सरकारलले लागु गरेको सामाजिक सुरक्षा कोष संगै बैदेशीक प्रयोजन र अन्य कामका लागि समेत परिचय पत्र आबश्यक पर्ने भएपछि सेवाग्राहीको चाप वढेको उहाँले बताउनुभयो । परिचय पत्रको भिडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उहाँले हरेक पालिकामा शिविरको रुपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिनुभयो । यस बिषयमा बिभाग संग छलफल चलिरहेको बताउँदै उहाँले शिबिर चलाउन सकेमा भिड कम गर्न सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !