चितवनः दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११ मनकमना टोलमा प्र.३–०२–०९ प २४३८ नम्बरको मोटरसाइकल र ग.७.प ८९४१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार मृत्यु हुनेमा प्र.३–०२–०९ प २४३८ नम्बरको मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका ५ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ बस्ने ४० बर्षिय अर्जुन प्रसाद रेग्मी रहेका छन् । रेग्मीको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा आज बिहान १ वजे मृत्यु भएको हो । आइतबार राती ८ः४० वजे भएको दुर्घटनामा अर्का मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नम्बर ११ मायादेवि टोल बस्ने २२ वर्षिय रोहन थापा गम्भीर घाईते हुनु भएको छ । उहाँको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !