
चितवनः गणतन्त्र दिवसका दिन भरतपुरको क्षेत्रीय रक्तसञ्चार केन्द्रले मनाङमा पुगेर रक्त संकलन ग¥यो । स्थानीय स्वेता रक्तदाता अभियानले संकलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राबिधिक फर्किए ।
चैत र बैशाख महिनामा मात्र पोखराको प्रादेशीक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याईयो । अहिले रगतको अभाब टार्न पोखरा लगाएतका केन्द्रहरुमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन । भरतपुर रक्तसञ्चार केन्द्रका प्रमुख रमेश कान्त पौडेल रगतको माग सहज वनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको बताउनुहुन्छ । केन्द्रले जिल्ला सहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लम्जुङ, तनहुँ, गोरखा, नवलपरासी (वर्दघाट–सुस्ता पूर्ब)मा पुगेर रगत संकलन गर्ने गरेको छ ।
बिगतको तुलनामा रगत संकलन घट्दो रहेको छ भने माग वढ्दो छ । पौडेलका अनुसार गत आर्थिक वर्षमा २७ हजार १०४ युनिट रगत संकलन गरिएको थियो । केन्द्रमानै गएर दिईएको रगतको युनिट ५ हजार ८३५ थियो । केन्द्रले बिगतमा ३५ हजार युनिट सम्म रगत संकलन गर्ने गरेको थियो । रक्त संकलन क्रमश घट्दै गएको पौडेल बताउनुहुन्छ ।
नेपाल रेडक्रश सोशाईटी चितवन शाखाले केन्द्र संञ्चालन गर्दै आएको छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउनुहुन्छ । दैनिक १ सया देखि १५० युनिट सम्म रगत यहाँ माग हुने गर्दछ । बिपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडीकल कलेज, भरतपुर अस्पताल र नीजि अस्पतालहरुमा रगतको माग हुने गर्दछ । संकलन भएको रगतलाई रक्त तत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आबश्यकतालाई पूर्ती गरिदैं आईएको छ । पौडेल युवाहरुको पलायन अबस्था, रक्तदान सम्बन्धि उत्प्रेरणाको कमी, अहिलेको अबस्था निकै गर्मी हुनु, ज्वरो लगाएतका रोगहरु देखिनु, खानपान लगाएतका कारण युवा अबस्थामानै दिर्घरोग देखिनु जस्ता कारण रगत संकलनमा कमी आएको बताउनुहुन्छ ।
यस संगै रक्तदान सम्बन्धि कार्यक्रम हुँदा समेत रगत कम संकलन हुने गरेको पोडेलले बताउनुभयो । भरतपुर अस्पताल बिकास समितिका पूर्ब अध्यक्ष डा. भोजराज अधिकारी रक्तदाता कस्ले रगत दिन मिल्छ भन्ने बिषयमा परिक्षण गर्ने प्राबिधिकहरुका कारण पनि रक्तदाता घटेको बताउनुहुन्छ । रगत संकलन गर्ने प्राबिधिकलाई तालिम दिनु पर्ने उहाँ बताउनुहुन्छ । आबश्यकता भन्दा बढी कडाई गर्ने गरेको भन्दै उहाँले उच्च रक्तचाप, मधुमेह जस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अबस्थामा रगत दिन मिल्ने बताउनुभयो । दुर्लभ समुहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही शहुलियत दिएर रगत संकलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । स्कुल, कलेज लगाएतका संघ संस्थाको क्यालेन्डरमा वर्षका तीन देखि चार पटक रक्तदान कार्यक्रम राख्नु पर्ने उहाँको सुझाब छ ।